अफगानिस्तानबाट नेपालीको उद्दार नगरे संसद चल्न नदिने सांसद अधिकारीको चेतावनी
बिहीबार, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्दार नगरे संसद चल्न नदिने चेतावनी दिएका छन् ।
बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा उनले भने– ‘सरकारले तुरुन्त अफगानिस्तानबाट त्यहाँ रहेका नेपालीलाई उद्धार गरेर ल्याउने काम गरोस् हैन भने यो सरकार नालायक छ भनेर संसदमा हामी भन्नेछौँ ।
त्यहाँका नेपालीलाई सरकारले फर्काएर नल्याएसम्म संसदमा हामी काम गर्न दिदैनौँ ।
उनीहरुलाई सुरक्षित रुपमा नेपाल अवतरण गराइयोस्, यही माग गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्