अफगानिस्तानको हेरातमा मिनी बसमा बम विस्फाेट, चार महिलासहित ७ को मृत्यु
९ माघ, काठमाडौं । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विस्फाेट हुँदा चार महिला सहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् ।
इन्धन ट्यांकीमा जडान गरिएको बम विस्फाेट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।
हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो ।
अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको विवरणहरु सार्वजनिक भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्