अपाङ्गता समावेशी विकासबारे एक दिने अभिमुखीकरण कार्यक्रम परोहा नगरपालिकामा सम्पन्न

मेवालाल यादव
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, सहभागिता र समावेशी विकास सुनिश्चित गर्न उद्देश्यका साथ परोहा नगरपालिकाको सभा हलमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय अपांग कल्याण संघ नेपाल रौतहट तथा राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको साझेदारीमा आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल थिए भने अध्यक्षता राजेश साहले गरे।




कार्यक्रममा अपाङ्गता समावेशी विकासको अवधारणा, नीति तथा व्यवहारमा अपाङ्गता समावेशीकरण, अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण र उनीहरूको अधिकारप्रति स्थानीय तहको दायित्व लगायतका विषयमा विस्तृत जानकारी दिइयो। सहभागीहरूले समावेशी नीतिहरूलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
संघीयता सँगै स्थानीय तहमा अपाङ्गता समावेशी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता झनै बढेको सन्दर्भमा यस्तो अभिमुखीकरण कार्यक्रम अत्यन्तै महत्वपूर्ण र
हेको सहभागिहरुको धारणा रहेको थियो।
सो कार्यक्रममा परोहा नगरपालिकाको वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्था, नागरिक समाजका प्रतिनिधि, तथा स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्