अपराधको अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री बालेन
प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री बालेनले पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका हुन्।
उनले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए। ‘पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु/गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहमं आवश्यकता पर्दछ । जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो । प्रहरी सेवामा आबद्ध रहँदै गर्दा यी कुरालाई कार्यान्वयन गर्नुहोला ।’






प्रतिक्रिया दिनुहोस्