अन्तर बैंक व्याजदर सीमा बढ्यो, निजी क्षेत्रको कर्जा वृद्धिदर वार्षिक १२.६ प्रतिशत

फाइल तस्बिर।

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंक व्याजदर सीमा बढाएर भारित औसत ७ प्रतिशतसम्म पुर्‍याएको छ। यसअघि ४ प्रतिशतको सीमामा राखिएको थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीति सार्वजनिक गर्दै अन्तर बैंक व्याजदरको सीमा बढाएको जानकारी दिए।

frontline

यद्यपी पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा लगानीयोग्य पुँजी अभाव ( तरलता) भएकाले अन्तरबैंक व्याजदर १० प्रतिशत नाघेको थियो ।

बैंकहरुबीच लिने कर्जाको अन्तर बैंक नै दोहोरो अंकमा बढ्न थालेकाले अहिले यसलाई निश्चित सीमामा ल्याउन खोजेको हो ।

मूल्यमा परेको चाप र बाह्य क्षेत्रमा परेको चापलाई ध्यान दिँदै मौद्रिक नीति कसिलो तरिकाले ल्याइएको गभर्नर अधिकारीको भनाइ छ ।

अन्तर बैंकको भारित औसत व्याजदर ३ प्रतिशतले घट्न गएमा र साढे २ प्रतिशतले बढ्न गएमा भने बोलकबोलमार्फत व्याजदर निर्धारण गर्ने भएको छ । यो व्यवस्थाले कर्जा प्रवाह कसिलो हुने भएको छ । 

निजी क्षेत्रको कर्जा वृद्धिदर वार्षिक १२.६ प्रतिशत हुने भएको छ । यसअघि १९ प्रतिशत थियो। अन्तर बैंक व्याजदर औसत ७ प्रतिशत  रहने भएको छ ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here