अनियमितता गर्ने मासु पसललाई नगरपालिकामा हाजिर हुन निर्देशन

१३ असोज, भक्तपुर । भक्तपुर नगरपालिकाले बिहीबार नगरका विभिन्न ठाउँका मासु पसलहरूको अनुगमन गरी अनियमितता गर्नेहरूलाई नगरपालिकाभित्र हाजिर हुन निर्देशन दिएको छ। 

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको कमलबिनायकमा रहेका छवटा मासु पसलहरू र वधस्थल एउटा अनुगमन गरी अनियमितता गरेका पसलेहरूलाई तीन दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको हो। 

frontline

अनुगमनमा विकेश मिट सपलाई निकासको व्यवस्था गर्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, एप्रोन सेतो प्रयोग गर्नुपर्ने सुधार नभएकाले सो सुधार गरेर दुई दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। तराजु तीनथान जफतसमेत गरिएको छ।  

महाकाली मिट सप नवीकरण गर्न, मूल्यसूची देखिने गरी राख्न, बधस्थल फोहर देखिएको र भुईमा मासु व्यवस्थापन गर्दा रोगका किटाणुहरूबाट संक्रमण हुने भएकाले टेबुलमा मासु व्यवस्थापन गर्नुपर्ने, कामदारहरूलाई एप्रोन, माक्सपञ्जा, हेयरनेट नभएकाले अनिवार्य प्रयोग गर्न दिन, ढल निकासमा भुडीको फोहरहरू सिधै नपठाउन निर्देशन दिई दुई दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए। 

महाकाली मिट सपमा मूल्यसूची राख्न निर्देशन दिएको छ। त्यस्तै भक्तपुर आर कोल्ड स्टोर नवीकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न, जिउँदो कुखुरा र वधस्थलसँगै भएकाले जिउँदो कुखुराले देख्ने भएकोले नदेख्ने गरी साथै संक्रमण हुनसक्ने भएकाले छुट्टाछुट्टै राख्न वा पार्टेशन गर्न निर्देशन दिएको छ। 

न्यू चिकेन स्टोर मासुजन्य बस्तु प्याकिङ्ग गर्दा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रीवितरण गर्ने, तराजु नवीकरण गर्ने, म्याद नाघेको ट्राउट माछा ५ किलो २५० ग्राम जफत गरी नष्ट गरियो। तराजु १ जफत गरी दुई दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। 

दिलकृष्ण शाहीको मासु पसल दर्ता प्रमाणपत्र नदेखिएकाले प्रमाणपत्र लिई दुई दिनभित्र कार्यालयमा उपस्थित हुन, मूल्यसूची राख्न, मासु झिंगा नभन्किने गरी र धुलो नजाने गरी जालीले छोपेर राख्न वा सिसाको बाकस बनाई व्यवस्थित गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न र एप्रोन सेतो प्रयोग गर्न निर्देशन दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here