अनविज्ञ भइ माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु: अभिनेत्री सुरक्षा पन्त

काठमाडौं । एक महिना अगाडि युट्युबमा सार्वजनिक नेपाली सर्ट फिल्म ‘मन बार’ हिन्दी सर्ट फिल्म ‘नामर्द’बाट हुबहु नक्कल गरेको पाइएको छ ।

नेपाली कला क्षेत्रमा अधिकांश भारतको प्रभाव रहेपनि ‘मन बार’मा हिन्दी सर्ट फिल्म ‘नामर्द’को हुबहु कथा र संवाद नक्कल हुँदा यसले नेपाली दर्शकलाई निराश बनाएको छ ।

frontline

अझ ख्याति प्राप्त अभिनेत्री सुरक्षा पन्तको उपस्थितीले उनका समर्थकलाई निराश बनाउने नै भयो, आलोचकलाई टिप्पणीको एउटा मसला बन्ने देखिन्छ ।

नेपालमा ओएसआर डिजिटलमार्फत मन बारको सन् २०२१ अप्रिल १४ मा सार्वजनिक गरिएको हो । जसको हालसम्म आठ लाख १६ हजार भ्युज पुगेको छ ।

हिन्दी सर्ट फिल्म नार्मदको भने सन् २०२० फ्रेबुअरी २० मा रिलिज भएको थियो । उक्त फिल्मले सन् २०१८ मा आयोजित माई थाने सर्ट फिल्म फेस्टिभलमा दुईवटा अवार्डसमेत जितेको थियो ।

कथाको विषयवस्तु मात्र नभई संवादलाई दुरुस्तै उतारिको ‘मन बार’मा कथा, स्क्रिन प्ले र संवादको स्वामित्व रुपेन्द्र खड्गीले लिएका छन् । जसको डाइरेक्सन जीवन शाही र प्रोड्युस गोविन्दप्रसाद शाहले गरेका छन् ।

हिन्दीबाट कन्सेप्ट र कथा लिएकोबारे ‘मन बार’मा कतै पनि उल्लेख छैन । शीर्षक मात्र फेरेर अन्य कथा र सिनलाई दुरुस्तै उर्तानु संयोग मात्र त नहोला ?

युट्युबमा सार्वजनिक नेपाली सर्ट फिल्म ‘मन बार’ अहिले हटाइसकेको छ ।

हेर्नुस् हिन्दी सर्ट फिल्म ‘नामर्द ‘

अभिनेत्री सुरक्षा पन्तको फेसबुक बाट :

हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा(short movie), कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछी मलाई धेरै दुख लागेको छ।पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला।कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ। ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हु म ।त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु।तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न।इन्टर्नेटको सम्पुर्ण कन्टेन्ट हेरिसकेको पनि भइदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइ? सोच्नुपर्ने कुरा हो यो । (उक्त छोटो सिनेमाको पार्ट २ बनाउने कुरा उठेको र म त्यस्मा काम नगर्ने मनसायमा पुगेको छु।)यो पाठ हो, केवल मैले होइन सम्पुर्ण टीमले मनन गर्न जरुरी छ।अर्को एउटा महत्वपुर्ण पाठ : टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी छ ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fsurakshyap%2Fposts%2F10224694581167731&show_text=true&width=500

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here