अध्यादेशबिरुद्ध मुद्धाको अर्को सुनुवाई अब २७ जेठमा

काठमाण्डु । सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारबाट शुरु भएको मुद्धाको अर्को सुनुवाई अब २७ जेठमा हुने भएको छ ।

frontline

नागरिकता अध्यादेशबिरुद्ध ६ वटा रिट परेका छन् ।

शुक्रवार चारजना निवेदकका तर्फबाट बहस भएको छ ।

नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइका लागी प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराले वरिष्ठ न्यायाधीश सम्मिलित इजलास गठन गरेका छन् ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई इजलासमा राखेका छन् ।

रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here