अध्यक्ष ‘प्रचण्ड’ : एमसीसी पास हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी पास नहुने बताएका हुन् ।

उनले एमसीसी पास नगर्ने विषयमा आफूहरुले अमेरिकालाई कुटनीतिक नोट पठाइसकेको जानकारी दिए । राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नजनाउने भन्दै प्रचण्डले एमसीसी पास नहुने कुरामा ढुक्क हुन आग्रह गरे ।

frontline

प्रचण्डले भने, ‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन । तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here