अध्यक्ष ओली घनश्याम भुसालविरुद्ध खरो : नचाहिँदो कुरा लेखेर एमालेलाई नजिस्क्याउन खबरदारी

श्रोत : ईन्टरनेट

१ चैत, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पार्टीका उपमहासचिव घनश्याम भुसालविरुद्ध खरो रुपमा प्रस्तुत भएका छन् ।

मंगलबार उपमहासचिव भुसालले एक दैनिक पत्रिकामा लेखेको लेखमाथि टिप्पणी गर्दै अध्यक्ष ओलीले भुसाललाई नचाहिँदो कुरा लेखेर एमालेलाई नजिस्क्याउन खबरदारी गरे ।

frontline

मंगलबार अखिल नेपाल महिला संघ (अनेम) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओली भुसालमाथि खनिए, ‘कुनै कुनै विद्धानले लेख्दिएछन् कम्युनिष्ट पार्टीहरु मिल्ने कि समाप्त हुने ? भनेर प्रश्न राखे तथाकथित बुद्धिजीविहरु ।

कोही कोही त कम्युनिष्टको खोल ओढेका बुद्धिजीविहरु हुन्छन् । लेख्दिन्छन् र मान्छेहरुलाई निराश बनाइदिन्छन् । मोहन वैद्यजीको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने रे ! किन बहिष्कार गर्नेभन्दा उहाँको पार्टीले जित्ने स्थिति छैन । त्यो पार्टीसँग मिलेन भने एमाले समाप्त हुन्छ रे !’

यति भनेर पनि अध्यक्ष ओली अझैँ थाकेनन् । झन् भुसालविरुद्ध रोस प्रकट गरे । तत्कालीन आफ्नै पार्टीलाई ढालेर देउवा सरकार बनाउन समर्थन गरेको भुसाललाई आरोप लगाए ।

‘एउटा बुद्धिजीविले लेखेको । कम्युनिष्ट मिलेन भने समाप्त हुन्छ रे ! मिल्ने कि समाप्त हुने ? मोहन वैद्यजीलाई भनेको कम्युनिष्ट पार्टीलाई भन्या ? माधवकुमार भन्ने गुटलाई भनको कि एमालेलाई भनेको एमालेलाई भनेको हो भने एमालेलाई जिस्काउने खालका कुराहरु नगर्न सुझाव दिन्छु,’ अध्यक्ष ओली विगतमा फर्किए, ‘अनि दुई तिहाई पुगेका कम्युनिष्ट पार्टीलाई फुटाउने कम्युनिष्ट हुन्छन् । चोइटाउने, सरकारलाई भोट नहालेर अर्कैलाई हालेर जिताउने । भोट हाल्न पछिल्लो ढोकाबाट जाने ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here