अध्यक्ष ओलीले पठाएको २६० केन्द्रीय सदस्यलाई आयोगद्धारा तत्काल मान्यता दिन अस्वीकार

सोमबार, काठमाण्डु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर पठाएको केन्द्रीय सदस्य संख्यालाई निर्वाचन आयोगले तत्काल मान्यता नदिने भएको छ ।

गत मंगलबार पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ बाट २६० पारेर आयोगलाई विवरण दिएको थियो ।

frontline

स्रोतका अनुसार आयोगले कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने तयारी गरेको छ ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । सो अवस्थामा आयोगले एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो ।

आयोगले नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ ।

सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पुर्‍याउँदा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here