अक्सिजन सिलिण्डर संकलन अभियान

हेटौंडा, बैशाख ३१ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरेको छ ।

संकलन गरिएको अक्सिजन सिलिण्डरहरु जिल्लाको डिसिसीएमसीको निर्णय अनुसार आवश्यकताको आधारमा विभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सिलवालले बताउनुभयो ।

frontline

बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा व्यक्तीहरुबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गर्दा शुक्रबारसम्ममा १ सय २९ थान भरिएका र ५ सय ४१ थान खाली गरी ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरी निरिक्षक सिलवालले बताउनुभयो ।

अक्सिजनका सिलिण्डरहरु संकलन गर्ने कार्य अझै तिब्रताका साथ गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here