अंग्रेजी नयाँ बर्षसगैँ सौराहामा पर्यटकको चहलपहल

१७ पुस, चितवन  । अंग्रेजी नयाँ बर्षसगैँ चितवनको पर्यटकीय सौराहामा पर्यटकको चहलपहल बढेको छ । अंग्रेजी नयाँ बर्षसगैँ बाह्य भन्दा आन्तरिक पर्यटकको संख्या बढेको हो । नयाँ बर्षमा सोचे भन्दा दोब्बर आन्तरिक पर्यटक आएको क्षेत्रिय होटल संघका महासचिव गुणराज थपलियाले बताए

सौराहाका मुख्य बजार क्षेत्रमा रगीचंगी तोरणले सिंगारिएको थियो । आन्तरिक पर्यटकका कारण सौराहाको हात्ती तथा गैंडा चोकमा खुट्टा हाल्ने ठाँउसमेत पनि थिएन् ।

frontline

राप्ती नदीको किनार क्षेत्रमा पर्यटकहरुको उस्तै भीड थियो । पर्यटकहरु आफ्नै पारामा एमाएका देखिन्थे । भने ठाँउमा विविध कार्यक्रममा पर्यटकहरुले रमाएको देखिन्थ्यो ।

पर्यटकको घुइचो लागेकोपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । तर पनि सोचे अनुसार कारोबार हुन नसकेको रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाले बताए , पर्यटकको संख्या र चहलपहल बढको हो उनले भने, कोरोबारको हिसाबले कम छ ।

यसलाई हामी सकारात्मक संकेतको रुपमा हेरेका छौँ ।यस्तै यहाँ पहिलो पटक रेवान सौराहाले नयाँ बर्षको अवसरमा सडकमा नै विविध सास्कृतिक झाँकी पर्यटकहरुलाई स्वागत गरेको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए 

घण्टाघर, चराचोक, हात्तीचोक, गैंडाचोक र राप्ती किनारबाट झाँकी निकालेको थियो। झाँकीमा स्थानीय थारू महिलाले लाठी नाच, नेवार समुदायले लाखे, मगरको सोरठी र पञ्चे बाजा प्रस्तुत गरिएको थियो।

नयाँ बर्षको अवसरमा निकुञ्ज घुम्न पनि पर्यटकहरुको घुईचो लागेको अवलोकन गरेको निकुञ्जका प्रमुख संरक्षण संरक्षण हरिभक्त आचार्यले जानकारी दिए ।

कोभिडका कारण पछिल्लो दुई वर्ष सौराहा सुनसान जस्तै बनेको सौराहामा पछिल्लो समय एमाले महाधिवेशनले पर्यटन प्रसार राम्रै भूमिका खेलेका व्यवसायीहरु बताउछन् ।

यस अघि यहाँका व्यवसायीहरु भुकम्प, नाकावन्दी, नारायाणगढ मुग्लिन सडकका कारण सौराहाको पर्यटन क्षेत्र सुस्ताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here