८ दिनमा पासाङल्हामु मार्ग जोडियो
नुवाकोट : भोटेकोशी बाढीले नुवाकोटमा कटान गरेको मुख्य सडक ३८ दिनमा छिचोलिएको छ। तीन सातादेखिको निरन्तर नयाँ ट्र्याक खन्ने कार्य शुक्रबार सकिएसँगै पासाङल्हामु मार्ग जोडिएको छ।
सो सडकमार्गअन्तर्गत रहेको ढुंगे–बेत्रावती सडक बाढीले कटान गरेपछि दैनिक रूपमा एक्स्काभेटर लगायतका हेभी इक्विपमेन्टमार्फत नयाँ ट्र्याक खन्ने कार्य सकिएसँगै ढुङ्गे–बेत्रावती आवागमन सुचारु भएको छ। विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा झन्डै दुई किलोमिटर लामो नयाँ ट्र्याक खनिएको वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिए।
उनका अनुसार दैनिक १० थान एक्स्काभेटरमार्फत बेत्रावती सातबिसेमा नयाँ ट्र्याक खन्ने कार्य गरिएको हो। अब उक्त सडकमार्ग अन्तर्गत बेत्रावतीस्थित फलाखु खोलामा बाढीले क्षति पुर्याएको स्थानमा बेलिब्रिज निर्माणको कार्य सुरु भएको छ।
ताजा समाचार






प्रतिक्रिया दिनुहोस्