४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ४५।३६ अंकले घट्दै २५५९।५९ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८।१५ अंक, फ्लोट इण्डेक्स ३।४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३।०४ अंकले घटेका छन् ।
अघिल्लो कारोबार दिन मंगलवार ५८।५५ अंकले घटेको बजार २६०४।९६ विन्दुमा बन्द भएको थियो । यसदिन नेप्से घटेपनि कारोबार रकम भने बढेर ५ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । अघिल्लो दिन भने ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।
मूल्य वृद्धिमा सांग्रिला डेभलपमेन्ट बैंकको डिबेञ्चर २०८७ ९७।०९ प्रतिशत०, एनआईएमबी डिबेञ्चर २०९० ९६ प्रतिशत० र आत्मनिर्भर लघुवित्त ९६ प्रतिशत० ले अगाडि छन् । त्यसैगरी, प्रभु इन्स्योरेन्सको शेयरमूल्य ६।१२ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको कुल कारोबार २६ करोड १६ लाख रुपैयाँ भएको छ । त्यसपछि यूनियन हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । १३ वटै उपसमूह घटेका छन्, जसमा वित्त ९३।०९ प्रतिशत० र होटल–पर्यटन ९३ प्रतिशत० उपसमूह सबैभन्दा बढी घटेका छन् ।






प्रतिक्रिया दिनुहोस्