३ दिने प्राथमिक उपचार तालिम सञ्चालन हुने
योगदान राष्ट्रको लागि संस्थाले काठमाडौँमा ३ दिने प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ ।
संस्थाले जेठ ११, १२ र १३ गते तीन दिनसम्म काठमाडौँको चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलमा तालिम सञ्चालन गर्न लागेको हो ।
योगदान राष्ट्रको लागि संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीका अनुसार अभियानमा जोडिएका सदस्यहरूका लागि तालिम सञ्चालन गर्न लागिएको हो । शाखा विस्तार भएका ६० वटा जिल्लाबाट जिल्ला समितिको सिफारिसमा आएका प्रतिनिधि र अन्यले पनि तालिममा सहभागी हुन पाउने उहाँले बताउनुभयो ।
तालिमको उद्घाटन जेठ ११ गते बिहान १० बजे रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले गर्नुहुनेछ । सोही अवसरमा संस्थाले सञ्चालन गर्न लागेको रु।१०० योगदान अभियानको शुभारम्भ पनि गरिनेछ । कार्यक्रमको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
७७ वटै जिल्लामा प्राथमिक उपचार तालिम सम्पन्न गरेको संस्थाले हाल केन्द्रीय स्तरको कार्यक्रम गर्न लागेको संस्थाका सचिव विष्णुमणि भण्डारीले बताउनुभयो ।
“प्राथमिक उपचार, हाम्रो सरोकार” भन्ने नाराका साथ अघि बढेको संस्थाले जिल्ला स्तरमा, पालिका स्तरमा, वडा स्तरमा पनि कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । तालिममा संस्थाका अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतीले प्रशिक्षण दिनुहुनेछ ।
वि।स। २०७७ सालमा स्थापना भएको संस्थाले ‘प्राथमिक उपचार, हाम्रो सरोकार’ भन्ने नाराका साथ काम गर्दै आएको छ । विभिन्न खालका सामाजिक कार्यबाट समग्र मुलुककै लागि योगदान दिन सकिन्छ भन्ने मुख्य हेतु र उद्देश्यका साथ स्थापना गरिएको केन्द्रीय सदस्य एवं प्रवक्ता हिरण्यराज उप्रेतीले बताउनुभयो ।
उहाँका अनुसार योगदान राष्ट्रका लागि लामो समय देखि संयुक्त अरब इमिरेट्स ९युएई० मा रहँदै आउनुभएका ओमप्रसाद उप्रेतीले ल्याउनुभएको धारणा हो । उप्रेती युएईमा विशेष गरी विभिन्न खालका दुर्घटना, चोटपटक, बिरामी लगायतको प्राथमिक उपचारको क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले युएईमा सिकेको ज्ञान र सिपलाई नै नेपाल भर फैलाउने र यसैमार्फत समाज अनि राष्ट्र सेवा गर्ने उद्देश्यका साथ नेपालका अधिकांश स्थानहरूमा चरण–चरणमा प्राथमिक उपचार सम्बद्ध अभियान र कार्यक्रमहरू सञ्चालन गरिसक्नुभएको छ ।
योगदान राष्ट्रका लागि संस्थाले ७७ वटै जिल्लाहरूमा आफ्नो समाजसेवाको सञ्जाल विस्तार गरिसकेको छ । अहिले अधिकांश जिल्लाहरूमा जिल्ला स्तरीय समूहहरू गठन भइसकेका छन् ।
विशेष गरेर बेहोस भएको, छारे रोग, अङ्गभङ्ग भएको, घाँटीमा अड्केको, करेन्ट लागेमा, सर्पको टोकाई, रक्तस्राव, आगोले पोलेको, विष सेवन गरेको, हृदयाघात, दम, अन्य दुर्घटना, पानीमा डुबेको, प्राकृतिक विपक्ति लगायत अन्य विभिन्न खालका जोखिममा तत्काल उपचार गर्न सकिने विषय र अपनाउनु पर्ने प्राथमिक उपचार सम्बन्धी ज्ञानलाई देशव्यापी अभियानकै रूपमा संस्थाले सक्रिय भएर नागरिक र समाजको सेवा गर्ने ध्येय लिएको छ ।
संस्थाले छोटो समयमा केन्द्र, प्रदेश, जिल्ला÷जिल्लामा समिति गठन गरी सक्रिय र जागरूक समूह अगाडी बढाएको छ । हाल २ हजार बढी युवा योगदान राष्ट्रको लागि संस्थामा जोडिएका छन् । युवा समिति र सञ्जाल मार्फत हरेक नागरिक र सर्वसाधारणमा प्राथमिक उपचार सेवा र सचेतना पु¥याउने लक्ष्य संस्थाको छ ।
संस्थाले हरेक तहमा स्वयंसेवक दस्ता खडा गरी राज्यलाई परेको आपतकालिन अवस्थामा सहयोग गर्ने तथा संस्थाद्वारा गुणस्तरीय एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
विश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड १९ सङ्क्रमणको समयमा जन्मिएको यस संस्थाले कोरोनाको कहरमा अझ प्राथमिक उपचारको महत्त्व र आवश्यकतालाई बुझेर नै संस्थाको उदय भएको हो । विगतको लकडाउन र यसले पारेको समस्याका बेला नागरिक घरमा रहँदा झनै मानसिक समस्या देखि अन्य भौतिक समस्याले समेत बढेको दैनिक गुजारा चलाउन समस्या भएकै कारण विभिन्न घटना घट्न पुगेको सरकारकै विभिन्न रेकर्डले देखाएको छ । तसर्थ प्राथमिक उपचारको ज्ञान र यसको उपयोग तथा उपभोग र कार्यान्वयनले धेरै नेपालीलाई जोगाउन सकिनेछ ।
कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका अवस्थामा पनि यस संस्थाले सचेतना सँगै दैनिक गुजारा चलाउन समस्या भएका परिवारहरूलाई राहत वितरण र मास्क र स्यानिटाइजरको प्रयोग, भौतिक दुरी कायम, रक्तदान शिविर तथा कोरोनाको समयमा फन्टलाईमा काम गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको हौसला बढाउन दीप प्रज्वलन जस्ता कार्यमा समेत सक्रिय रहेको यस संस्थाले बर्खाको समयमा बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले बिचल्लीमा परेका नागरिकहरूलाई पनि सहयोग गर्न अग्रसर भयो । बाढी पहिरो, आगजनी जस्ता विपत्तिमा सदैव अग्रसर हुने प्रण संस्थाको छ । छोटो समयमा नै उत्कृष्ट अनि प्रभावशाली समाजसेवा कर्ममा आफूलाई सशक्त रूपमा उभ्याउन सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्