हुन्डाई एसेम्बलको नाममाका उपभोक्ता र राज्य कोषमाथि ब्रह्मलुट
काठमाडौं । नेपालमै गाडी एसेम्बल गरेर सस्तो मूल्यमा सर्वसाधारणलाई गाडी चढ्ने वातावरण बनाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने सरकारी नीतिको आवरणमा ठूला घरानाहरूले सोझा उपभोक्ता र राज्य कोषमाथि ब्रह्मलुट मच्चाइरहेको खुलासा भएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता तथा उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठको लक्ष्मी मोटर कर्पोरेसनले एसेम्बलका नाममा सरकारबाट अर्बौँ रुपैयाँ बराबरको कर र राजस्व छुट लिएर उपभोक्ताको आँखामा छारो हाल्ने काम गरिरहेका छन् ।

गत २०८१ वैशाखमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट भव्य उद्घाटन गराएर नवलपरासीको रामग्राममा सञ्चालनमा ल्याइएको हुन्डाईको एसेम्बल प्लान्टबाट हाल ‘हुन्डाई भेन्यु’ र ‘क्रेटा’ मोडलका गाडीहरू उत्पादनको नाममा जडान भइरहेका छन् । तर, कोरिया र भारतबाट तयारी अवस्थाका पार्टपुर्जा, इन्जिन र चेसिस कन्टेनरमा भरेर ल्याई नेपालमा केवल ‘नट९बोल्ट’ कस्ने काम मात्र गरेर कम्पनीले राज्यबाट पाइने सुविधाको अनुचित फाइदा उठाइरहेको हो






प्रतिक्रिया दिनुहोस्