हवाई फायर गरेर पक्राउ गरिएका व्यक्ति लागुऔषधको पटके कारोबारी
काठमाडौँ । प्रहरीले काठमाडौँको तार्केश्वर नगरपालिका–४ मा हवाई फायर गरेर पक्राउ गरेको व्यक्ति लागुऔषधको पटके कारोबारी भएको खुलेको छ । मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दुई राउण्ड हवाई फायर गरेर वीरगन्ज महानगरपालिका–३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा भेटिएका मियाँलाई चेकजाँच गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरेर भाग्न खोजेपछि चेतावनीका लागि हवाई फायर गरिएको ब्यूरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
उनले विगत ३ महिनादेखि भारतको रक्सौलबाट काठमाडौँमा पाँच–छ पटक खैरो हेरोइन ल्याएको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीले उनको साथबाट ३ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । मियाँ लागुऔषध खैरो हेरोइनको पटके कारोबारी भएको एसएसपी बोहराले बताए






प्रतिक्रिया दिनुहोस्