स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले कांग्रेस केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आइतबारदेखि शुरु भएको नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन विशेष गरेर युवाहरूको नेतृत्वमा प्रवेशका लागि कोशेढुंगा बन्ने अपेक्षा राखिएको छ। 

अर्जुनचौपारी गाउँपालिकाको नेतृत्व गरिरहेका तिवारीले आफ्नो पालिकालाई देशभरकै स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय सरकारको रुपमा स्थापित गरिसकेका छन्। सबैभन्दा कान्छा गाउँपालिका अध्यक्ष मध्येका तिवारी युवा व्यावसायी पनि हुन्। सक्रिय राजनीति गर्नु अघि उनले विभिन्न स्टार्टअप, इनोभेसन र लगानी कम्पनीमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरेका छन्। 

frontline

अध्यक्ष तिवारीले गाउँपालिकाले दिने सेवामा उल्लेख्य सुधार गर्नुका साथै सो गाउँपालिकाको पहिचान बढाउनका लागि नवीनतम योजनाहरू लागु गरेका छन्। पालिकामा धार्मिक पर्यटकलाई आकर्षित गर्नका लागि उनले नेपालकै पहिलो नवग्रह मन्दिरको स्थापना समेत गराएका छन्। जसले गाउँपालिकाको मात्रै नभएर समग्र गाउँकै आर्थिक गतिविधीमा ठूलो सहयोग पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here