सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम साढे ३ अर्ब ७४ करोड
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ।
साताको अन्तिमतिर बजार ओरालो लाग्ने क्रममा नेप्से परिसूचक ६.३८ अङ्कले घटेर २५७२.३४ विन्दुमा बन्द भएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतिशतको गिरावट हो।
आज बजारमा कारोबार भने उच्च भएको छ। दिनभरिमा ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरमा कुल १ करोड ३ लाख कित्ता शेयर किनबेच भएका छन्। बजारमा कुल ३९ हजार ४६६ वटा कारोबारमार्फत ३५९ वटा स्क्रिप्टको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
आजको बजारमा अधिकांश कम्पनीको शेयर मूल्यमा दबाब देखिएको छ। बजारमा १६७ वटा कम्पनीको शेयर मूल्य घट्दा १०० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा सर्वाधिक कमाउने र कारोबार हुने शीर्ष स्थानमा घलेम्दी हाइड्रोपावर रहेको छ । जसको मूल्य ६.२५ प्रतिशतले बढेको छ।






प्रतिक्रिया दिनुहोस्