साउदीको किङ खालिद विमानस्थलमा आक्रमण : १२ जनाको मृत्यु, ३०९ घाइते
साउदी अरेबिया : साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ ।
आक्रमणमा परी घाइते भएका ३०९ जना घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। आक्रमणपछि विमानस्थलको सम्पूर्ण उडान तथा अवतरण सेवाहरू स्थगित गरिएको छ।
विमानन ट्र्याकिङ वेबसाइट ‘फ्लाइटरडार’का अनुसार रियादका लागि उडान भरेका तथा आउने क्रममा रहेका सबै विमानहरूलाई अन्यत्र डाइभर्ट गरिएको छ भने बाँकी उडानहरू रद्द गरिएका छन्।
साउदी नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार मृत्यु हुने १२ जनामध्ये आठ फरक-फरक देशका नागरिक रहेका छन् । जसमध्येमा साउदी अरेबिया ४ जना,बङ्गलादेश २ जना, अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका १–१ जना रहेका छन् । प्राधिकरणका अधिकारीहरूले आक्रमणबाट विमानस्थलको संरचनामा पुगेको भौतिक क्षतिको मूल्याकंन भइरहेको जनाएका छन्।
साउदी अरेबियाको नेतृत्वमा रहेको बहुराष्ट्रिय सैन्य गठबन्धनले यस आक्रमणको जिम्मेवारी यमनका हुथी विद्रोहीहरूमाथि लगाएको छ।
गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मालिकीले विमानस्थलको प्यासेन्जर (यात्री) टर्मिनललाई लक्षित गरी गरिएको आक्रमणमा सर्वसाधारण यात्री र विमानस्थलका कर्मचारीहरू मारिएको पुष्टि गरेका छन्। यस किसिमको आक्रमण निर्दोष नागरिकमाथिको ‘गम्भीर युद्ध अपराध’ भएको उल्लेख गर्दै उनले यसको कडा र कठोर जवाफी कारबाही गरिने चेतावनी दिएका छन्।
1kShares






प्रतिक्रिया दिनुहोस्