सरकारी गाडी जलाएको मुद्दामा जसपाका दुई नेता जेल चलान
बारा । सरकारी गाडी जलाएको मुद्दामा जनता समाजवादी पार्टी (जसपा) का दुई जना नेतालाई जेल चलान गरिएको छ । जिल्ला अदालत बाराले बारास्थित कलैया उपमहानगरपालिका–४ का प्रमोद गुप्ता र फेटा गाउँपालिकाका सञ्जय तिवारीलाई जेल चलान गरेको हो ।
उनीहरु दुवैजना विरुद्ध २०७४ सालमा मधेस आन्दोलनका क्रममा कलैया अस्पतालको गाडीमा आगो लगाएको आरोपमा स्थानीय प्रशासनले मुद्दा हालेको थियो । अदालतले सोही वर्ष दुवै जनालाई ६ महिना जेल सजाय र नौ लाख ८३ हजार तीन सय ३३ रुपैयाँ ३३ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो ।
अदालतको फैसलासँगै फरार रहेका उनीहरु बिहीबार अदालतमा हाजिर भएका थिए ।
जेल चलान भएका उनीहरु दुवै जना जसपाका नेता हुन् । गुप्ता संविधानसभा सदस्य र तिवारी जसपाका जिल्ला सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस्