सरकारले कर सहुलियत तथा छुट दिएका क्षेत्रहरू
सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कर सहुलियत, छुट तथा सुविधा दिने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै विभिन्न छुटको घोषणा गरेका हुन्।
-नेपाल भित्र कृत्रिम हातखुट्टा र अपांगता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट
-आवासीय भवनको बीमा बापत अधिकतम दश हजार रुपैयाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था
-विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घरजग्गा रजिष्ट्रेशनका लागि तोकिएको सरकारी मूल्यांकनसम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था
-कृषि प्रशोधन उद्योगमा पहिलो १० वर्षको आयकर पूर्ण रूपमा छुट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेष्टिङ ल्याब सहितका मेशिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छुट हुने व्यवस्था
-कर परिपालना गर्ने करदातालाई उच्च सम्मान, सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिने






प्रतिक्रिया दिनुहोस्