सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु
११ फागुन, सप्तरी । सप्तरीमा करेन्ट लागेर बुधबार साँझ एकजनाको मृत्यु भएको छ ।
डाक्नेश्वरी नगरपालिका वडा न्म्बर ९ पत्थरगाडा निवासी ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि राजविराज ल्याइएको थियो ।
उनलाई ल्याएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्