सप्तकोशीमा पानीको वहाव यो वर्षकै उच्च, गाई चराउन गएका ४० स्थानीय कोशीबीच परे अलपत्र

धरान । माथिल्लो भेगमा लगातार वर्षा हुँदा सप्तकोशीको पानीको वहाव यो वर्षकै उच्च भएको छ। सप्तकोशीमा आएको बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ मा पर्ने श्रीलंका टापुको गरैयामा गाई बस्तु चराउन गएका गएका ४० जना स्थानीय कोशीबीच अलपत्र परेका छन्। श्रीलंका टापु कोशीको दूई धारबीचमा बनेको टापुको नाम हो।

गोठालो गएका सर्वसाधारण बाढीका कारण अलपत्र परेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख माधवप्रसाद पौडेल गोताखोर सहितको सुरक्षाकर्मीको उद्दार टोली लिएर घटनास्थल पुगेका छन्।

frontline

सप्तकोशीमा आएको बाढीले कयौंदिन अघिदेखि तटवर्ती कटान गरी मानव बस्ती प्रवेश गर्दा पनि सरकारले कोशी आसपासका सर्वसाधारणको सुरक्षामा चासो नदेखाएको स्थानीयबासी सन्तोष चन्द्रवंशीले बताए। प्रत्येक वर्ष असार, साउन र भदौको तीन महिनामा कोशीको त्रासले १० हजारभन्दा बढी नदी आसपास बस्ने सर्वसाधरण त्राशमा बाँच्न विवस छन्। 

सप्तकोशीमा पानीको बहाव अत्यधिक

सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४९ हजार ६ सय क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले जानकारी दिएका छन्। उनका अनुसार सप्तकोसी पानीको बहाव बढेसंगै कोशी ब्यारेजका ५६ मध्ये ३४ वटा ढोका खोलिएको छ।

सप्तकोशीमा पानीको बहाव उच्च भएपश्चात भारतले कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालेको छ। सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेण्ड एक लाख ५० हजार क्युसेक पुगेपछी खतरा मानिन्छ। सप्तकोसीमा पानीको बहाव उच्च भएपछी सुनसरी, उदयपुर र सप्तरीका सर्बसाधारण आत्तंकित बनेका छन्। भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीको श्रीलंका टापुमा कोसीले तिव्र कटान गरेको स्थानियले बताएका छन्। 

घटनास्थल पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालले क्षतिको मुल्याङ्कन गरी विस्थापित परिवारलाई सुरक्षित स्थानतर्फ सार्ने पहल भइरहेको बताएका छन्। ‘श्रीलंका टापुमा सुनसरी र उदयपुरबाट प्रयाप्त रुपमा सशस्त्र प्रहरी परिचालन गरिएको छ। आत्ति हाल्नु पर्ने अबस्था छैन्। सर्बसाधारणको उद्धार हामी जसरी पनि गरेरै छाड्छौं,’ प्रजिअ ढकालले बताए। 

२०६५ साल भदौ २ गते सप्तकोशीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार थियो। सप्तकोशीको पानीको कटानका कारण सुनसरीको साविकका गावस हरीपुर, प्श्चिम कुशाहा र लौकही गाविसमा हजारौ विघा खेतियोग्य जमिन भरुभुमि बनेको थियो। त्यस्तै ५ हजार भन्दा बढि घर परिवारको उठिवास भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here