सधैँ किन हुन्छ प्रहरीमाथि मात्र प्रहार ???
श्रीकान्त यादव
केपी ओलीमाथिको रीस पनि प्रहरीमाथि नै पोखेको छ । शुशीला कार्कीमाथि रीस उठ्यो भने प्रहरीमाथि नै प्रहार ।
भ्रष्टाचारविरुद्धको आन्दोलन पनि प्रहरी नमारी नहुने । तिमीहरूको frustration निकाल्न मात्र प्रहरी बनेका हुन् उनीहरू ?
उनीहरू पनि हाम्रै परिवारका सदस्यहरू हुन् । उनीहरूको पनि आफ्नो परिवार छ । यसैले, आन्दोलन गर्न पाइन्छ, आफ्नो आवाज माथिसम्म पुर्याउन पाइन्छ । तर, ढुंगामुढा नगरौं, हिंसात्मक गतिविधि नगरौं ।
प्रहरीलाई पनि मेरो अनुरोध छ । तपाईंहरूलाई हतियार राज्यले दिएको हो । भदौ २३ गते हतियार किन चलाइस भनेर प्रश्न उठ्यो । एकाथरी हुन्छन् प्रहरीले हतियार चलाओस् भन्ने, अर्कोतिर नचलाओस भन्ने हुन्छन् ।
तपाईंहरूसँग हतियार चलाउने विकल्प छैन भने, लाठी पनि लिएर ननिस्किनुस । छोड्नुस । ढुंगामुढा गर्नेहरूसँग तपाईंको वास्तविक दुश्मनी होइन भन्ने त तपाईंहरूलाई नै थाहा छ । तपाईंले जसलाई सुरक्षा दिएको भ्रम तपाईंलाई छ, त्यही तपाईंमाथि चिर्पट लिएर हान्न खोज्छ भने, यो सामाजिक संरचनाको दोष हो, तपाईंहरूको होइन ।
अर्को कुरा, आन्दोलनको पछिल्लो हब मधेश बन्नेवाला छ । मधेशमा त राज्यले नै विशेष सुरक्षाको उपाय अपनाउनुपर्छ । मधेशले २०६४ सालमा भयावह देखिसकेको छ । त्यो, भयावह दोहोरिन प्रहरीले सहयोग गर्नुहुन्न भन्ने मेरो भनाइ हो ।
यदि हरेक असन्तुष्टिको समाधान प्रहरीमाथि आक्रमण गरेर हुने हो भने एउटा काम गरौँ । चोक-चोकमा कम्तीमा १०० वटा प्रहरीको शालिक या मूर्ति बनाऔं । जो, जसलाई जो-जो सँग रीस उठेको छ, सिधै ती मूर्तिमाथि गएर ढुंगामुढा गरौँ ।
हतियार चलाउन नपाउने प्रहरी यसै पनि मूर्ति नै हो । जय नेपाल !🙏
साभार : सामाजिक संजाल






प्रतिक्रिया दिनुहोस्