संसद भवन बाहिरको धर्ना कार्यक्रम स्थगित, सिंहदरबारभित्रै विरोध शुरु

संघीय निजामती कर्मचारी विधेयकको विरोधमा सरकारी कर्मचारीले सिंहदरबारभित्रै विरोध थालेका छन् । उनीहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गेट बाहिर विधेयकको विरोध गर्दै उभिएका हुन् ।
नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवाल, महासचिव जनकबहादुर रावल, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी न्यौपाने दाहाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्ट, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष यामबाहदुर खत्रीलगायतको नेतृत्वमा कर्मचारीहरुले विरोध जनाएका हुन् ।




सिंहदरबारमा जम्मा भएर नयाँ बानेश्वर जाने र संसद भवन बाहिरको गेटमा धर्ना दिने कार्यक्रमलाई हाललाई रोकिएको बताइएको छ । संसद बैठक बिहान ११ बजे बोलाइएको छ । विपक्षी दलहरु गृहमन्त्रीको राजीनामा नआएसम्म सुचारु हुन नदिने मनस्थितिमा देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्