शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई भेटेर आफूलाई सघाउन गरे आग्रह

२८ मंसिर, काठमाडौं । कांग्रेस सभापतिका उमेदवार शेरबहादुर देउवा अर्का उम्मेदवार विमलेन्द्र निधिलाई भेट्न पुगेका छन्।

सभापति उम्मेदवार प्रकाशमान सिंहको समर्थन गरेको घोषणा गरेपछि देउवा निधिलाई भेट्न उनको निवासमा पुगेका हुन्।

frontline

अहिले दुई पक्षबीच छलफल भइरहेको छ। देउवाले निधिलाई आफूलाई सघाउन आग्रह गरेका छन्।

मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन्। कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए। 

सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७०२ मत प्राप्त गरेका छन्। प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २५०, कल्याण गुरुङले २२ मत ल्याएका छन् ।

 पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ।

५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ।

अब देउवा र कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here