विश्वकप छनोट खेलमा नेपाल र मलेसिया विच आज शुक्रबार खेल हुँदै

बहराइन विरुद्ध बहराइनमै हुने फिफा विश्वकप छनोट खेलको तयारीका लागि नेपाली पुरुष फुटबल टोलीले आज शुक्रबार मलेसियाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७स्४५ बजे शाह आलम स्थित यूनिवर्सिटी टेक्नोलोजी मारा स्टेडियममा सुरु हुनेछ ।

खेल अनौपचारिक रूपमा बन्द स्टेडियममा हुने भएकाले समर्थकलाई प्रवेश खुला गरिएको छैन । यस्तै खेलको प्रतक्ष्य प्रसारण समेत नहुने एन्फाले जनाएको छ ।

frontline

नेपाली टोली बिहीबार नै मलेसिया प्रस्थान गरिसकेको छ । बंगलादेश हुँदै नेपाली टोली मलेसिया पुगेको हो । खेलाडी र प्रशिक्षक बाहेक १० जना पदाधिकारीको टोली समेत मलेसियामा रहेको छ ।

आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका खेलाडी बन्द प्रशिक्षणमा नै सामेल नभएपछि ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको घोषणा भएको थियो । यसरी पहिलो पटक टोलीमा समेटिएकामा अजय चौधरी, अभिषेक लिम्बु, सौभाग्य राई ९सन्जित० , विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ छन् । भरत खवासले टोलीमा पुनरामगन गरेका छन् । प्रारम्भिक टोली मै नभएका भरत, सौभाग्य र अभिषेकलाई २३ सदस्यीय समेटिएको हो ।

नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भइसकेको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो ।

नेपाली फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई ९सन्जित०, सुमित श्रेष्ठ

मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here