विश्व बैंकका जागिरे पाण्डे भन्छन् :बैङ्कको प्रक्रिया टुंग्याएपछि योजना सदस्यको काम गर्छु
राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका अरनिकोकुमार पाण्डेले पहिला आफूले काम गरिरहेको विश्व बैङ्कको सबै प्रक्रिया टुग्यांएर मात्र आयोगको काम गर्ने बताएका छन्।
पाण्डेले शुक्रबार ट्विट गर्दै आफू विश्व बैंकमा काम गरिरहेको र बैङ्कको सबै प्रक्रिया टुग्यांएर मात्र आयोगको काम सुरु गर्ने बताएका हुन्।
आफ्नो नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठेपछि उनले यस्तो जवाफ दिएका हुन। पाण्डे योजना आयोगमा वरिष्ठ परामर्शदाताको रुपमा काम गर्दै आइरहेका छन्। पाण्डे रास्वपा केन्द्रीय सदस्य हुन्।
बिहीबार बिहानको मन्त्रिपरिषद्को बैठकले आयोगको रिक्त चार पदमा सदस्यहरू नियुक्त गरेको थियो। त्यसमा अरनिकोकुमार पाण्डे पनि एक हुन्।
प्रतिक्रिया दिनुहोस्