विरोधपछि महानगरले हटाउन थाल्यो हनुमानढोका दरबार क्षेत्रमा हालिएको कङ्क्रिट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जमिनमुनि पानी रिचार्ज हुने तरिकाले हनुमानढोका दरबार क्षेत्रमा महिनौँ अगाडि कङ्क्रिट हटाउने काम सुरु गरेको क्षेत्रमा पुनः सिमेन्ट हालेर कङ्क्रिट बनाउने काम भए पछि स्थानीय र सम्पदा संरक्षणकर्ताहरूले विरोध जनाएका छन् । 

महानगरले सम्पदा क्षेत्रअन्तर्गत पर्ने सडक विस्तारमा पुरानो ढुङ्गा र कङ्क्रिट हटाएर ‘वाटर रिचार्जेबल’ संरचना बनाउने भनिएको थियो। तर, सोही क्षेत्रमा पुरानो कालोपत्रे (पिच) नहटाईकन सीधै सिमेन्ट थपेर कङ्क्रिट हाल्न लागिएको दृश्य सार्वजनिक भएपछि आलोचना चुलिएको हो।

frontline

स्थानीयवासी र सरोकारवालाहरूको गुनासोपछि काठमाडौँ महानगरकी उप–मेयर सुनिता डङ्गोल आफैँ स्थलगत निरीक्षणमा पुगेकी थिइन्। तत्पश्चात् दरबार क्षेत्रको कङ्क्रिट पुनः हटाउन थालिएको छ ।

#काठमाडौँ महानगरपालिका #वसन्तपुर हनुमानढोका दरबार क्षेत्र

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here