वालिङ नगरपालिकाका पूर्व वडाअध्यक्ष श्रेष्ठ मृत फेला

श्रोत : ईन्टरनेट

२६ साउन, स्याङ्जा । वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्।

वालिङ–१३ स्थित गहाखोला सडकमा बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेका हुन्।

frontline

सिद्धार्थ राजमार्ग भन्दा करिव २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए।

ग १६ प ५४६१ नं को स्कुटर सहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका हुन्। गएरातिदेखि नै श्रेष्ठ सम्पर्कविहीन भएका थिए।

उनको शव वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा पोस्टमार्टमको लागि पठाईएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here