वन पैदावारको अध्यक्षमा ललित मल्लिक र सदस्यमा बिकास यादव
मेवालाल यादव
रौतहट
वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश अन्तरगत वन पैदावार आपूर्ति समिति रौतहटको अध्यक्ष पदकाे जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम मधेस प्रदेशको जुझारु एवं क्रान्तिकारी युवा नेता श्री ललित मल्लिक सानू र सदस्यमा जनमत पार्टीको केन्द्रिय सदस्य बिकास कुमार यादवले आज देखि कार्यभार सम्हालनु भएको छ ।
वन तथा वातावरण मन्त्रालयले ललित मल्लिक सानू र बिकास कुमार यादव लगायतको वन व्यवस्थापन गर्नका लागि रौतहटको जिम्मेवारी दिएका छन् ।
विद्यार्थी कालदेखि मल्लिकले राजनीति गर्दै आइरहेका सोही राजनीतिले गर्दा वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश अन्तरगत वन पैदावार आपूर्ति समिति रौतहटको अध्यक्ष पदको जिम्मेवारी सम्हालनु भएको हो।
मल्लिकले डा. सिके राउत नेतुत्वका जनमत पार्टीबाट
नजिक रहेर काम गर्दै आएका छन् । यो पटकको प्रदेश सभाको चुनावमा प्रदेशसभामा जनमत पार्टीबाट टिकट लिएर चुनाव लडेका थिए ।रौतहट क्षेत्र १ क को जनताले मल्लिकलाई माया , स्नेह , प्रेम दिएर प्रदेश सभाको चुनावमा साथ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्