लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उपाध्यक्ष पदमा मनोनीत गरिएको मन्त्रालयले जनाएको छ। ऐनअनुसार उपाध्यक्षको पदावधि ५ वर्षको हुनेछ। 

frontline

लामो समयदेखि लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त थियो। काठमाडौंमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन्।  बौद्ध मन्त्र तथा धार्मिक संगीतको अध्ययन गरेकी उनले बौद्ध भजन तथा मन्त्रलाई आधुनिक संगीतको प्रस्तुतिमार्फत विश्वभर पुर्‍याएकी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here