रौतहटमा तस्करी रोकिएन, महादेवपट्टि नाकाबाट दैनिक अवैध आयातको आरोप

श्रीकान्त यादव रौतहट ।
अझै पनि रोकिएन तस्करी पहुँचबाला तस्कर हावी हुँदै ।

मधेस प्रदेशको जिल्लाहरुमा परिचालन गरिएका घुमुवाहरु हेडक्वाटर तानिएता पनि मधेश प्रदेशका जिल्लाहरुबाट तस्करी रोकिएका छैनन्।

frontline

रौतहट जस्ता ठाउँबाट घुमुवाहरु तानिदा पनि उक्त जिल्लाहरुमा तस्करी बन्द नभई झन् बढ्दै तस्करीको हब बन्दै गएको स्थानीयले बताएका छन्।
बर्षौँदेखि चल्दै आएको तस्करी व्यवस्थित रूपमा तस्करीको लाइन महादेव पट्टि नाका बाट सञ्चालन भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ ।
तस्करी नियन्त्रण गर्न र राजस्व वृद्धि गर्न गृह मन्त्रालयले पटकपटक सशस्त्र प्रहरीलाई निर्देशन दिएपनि बोर्डर एरियामा खटिने सुरक्षाकर्मी मान्सिक महिनावारीमा आफ्नो राजस्व वृद्धि गर्न खटिएका छन्।
रौतहटको महादेव पट्टि पश्चिमी नाकाबाट भारततर्फबाट रौशन जैसवाल नाम गरेका व्यक्ति दैनिक रूपमा लाखौं मूल्य बराबरको कपडा, खाद्यान्न, किराना, चिनी, देखि कुखुरासम्म बिना रोकटोक भित्रिने गरेको पाईएको हो।
तस्करहरुले भारत बिहार राज्यको बैरगनिया जस्ता ठाउँबाट गौरका महादेव पट्टि , बेलबिच्वा ब्रहम्पुरी नाकाबाट सहजै रूपमा गौरका आसपासका गोदाममा जम्मा गरी पिकअप, अटो र ट्रकमार्फत् राजधानीसहित बागमती र मधेसका विभिन्न जिल्लामा पठाईने गरेको नाउँ नबताउने सर्तमा एक तस्करले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here