रौतहटका सीमा नाकामा तस्करी मौलायो : प्रशासन निरीह, चिनी र मदिराको अवैध कारोबार बढ्दो
रौतहट,श्रीकान्त यादव
सरकारले भारतबाट ल्याइने एक सय रुपैयाँभन्दा बढीका सामानमा भन्सार अनिवार्य गरेपनि सीमा जोडिएको रौतहटका प्रायःसबै नाकामा तस्करी यथावत देखिन्छ ।
रौतहटको राजदेवी नगरपालिकाको ब्रर्हमपुरी नाका र मर्यादपुरबाट तस्करहरुले तस्करी गरिरहेको स्थानीयले जानकारी दिएका छन । स्थानीय राजदेवी ९, निवासी ललन सहनीसहित अन्य दुई जनाले नेपालबाट भारत मदिरा तस्करी गरिरहेको भिडियो समेत फेला परेको छ ।
उनीहरुलाईइ सीमामा भारतीय प्रहरीले पक्राउ गरेको हो । अर्कोतर्फ, भारतले नेपालमा चिनी निर्यातमा रोक लगाएपछि चिनी तस्करी बढेको छ । श्री माध्यमिक विद्यालय मर्यादापुर र मर्यादापुर बजारमा अहिले तस्करीको चिनी फालाफाल रहेको स्थानीयले जानकारी दिएका छन् ।
एकातिर गौर गुल्मका डी एस पि प्रेम सागर बिष्ट तथा रौतहट प्रशासन तस्करी नियन्त्रणमा रहेको भन्दै पन्छिँदा तस्करी भने झन् बढेको अवस्था छ । सीमा नाकामा सर्वसाधारणलाई मात्रै रोक लगाइनुले प्रशासनमाथि प्रश्न उठेको हो ।
स्रोत जन आस्था मिडिया






प्रतिक्रिया दिनुहोस्