रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी

काठमाडौं । मस्कोमा भएको उच्च–स्तरीय वार्ताबाट रुस–यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । ट्रम्पले भनेका छन,‘रूसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न चाहन्छन भन्ने कुरा वार्ताबाट बुझीएको छ ।’

बुधबार अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले मास्कोमा पुटिनसँग पाँच घण्टा लामो वार्ता गरेका थिए । २०२२ फेब्रुअरीमा सुरु भएको रूस–यूक्रेन युद्ध अन्त्य गर्ने सम्भावित मार्गहरूमा वार्ता केन्द्रित थियो ।

frontline

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,‘पुटिनको जारेड कुश्नर र स्टिभ विट्कफसँग निकै राम्रो भेटवार्ता भयो । त्यसबाट के निस्कन्छ, अहिले नै भन्न सकिँदैन किनकि यसमा दुवै पक्षको सहकार्य आवश्यक हुन्छ ।” उनले थपे, “उहाँ (पुटिन) युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने धारणा उनीहरूले ल्याएका छन् ।”

तर क्रेम्लिनका वरिष्ठ सल्लाहकार युरी उशाकोभले भने, वार्ता यो द्वन्द्व सुरु भएयता वाशिंगटन र मास्कोबीच भएको “सबैभन्दा व्यापक छलफल” हुन पुगे पनि भू–भागसम्बन्धी मुद्दामा “कुनै सम्झौता” हुन नसकेको स्पष्ट पारे । उनका अनुसार, दुवै टोलीले सम्भावित समाधानका विभिन्न विकल्पहरू छलफल गरे पनि प्रमुख विवादहरू ज्यूँका त्यूँ रहे ।

उशाकोभले भने,“हामी यूक्रेन सङ्कट समाधानमा अझै नजिक पुगेका छैनौँ, धेरै काम बाँकी छ,” उनले भने, छलफल रातभर जारी रहेको जानकारी दिँदै । उनका अनुसार, अमेरिकी पक्षले नयाँ प्रस्तावहरू प्रस्तुत गरे पनि यूक्रेनी भू–भागसम्बन्धी मुख्य अड्कलहरू यथावत् रहे । रूसी लगानी दूत किरिल दिमित्रिएभसहित उच्च अधिकारीहरू वार्तामा सहभागी थिए र शत्रुता अन्त्य गर्ने विभिन्न विकल्पमा चर्चा गरिएको थियो ।

“छलफल गोप्य थियो, वार्ताको वास्तविक विषयवस्तु सार्वजनिक नगर्ने सहमति भएको छ ।” उनका अनुसार महत्त्वपूर्ण प्रगति अझै नभए पनि कूटनीतिक संवाद “जारी रहने” छ । उनले बताएका अनुसार, पुटिनले विट्कफलाई ट्रम्पसम्म पु¥याउन “केही महत्त्वपूर्ण राजनीतिक सन्देश” पनि दिएका थिए ।

यसैबीच, अमेरिकी टोलीसँग भेट हुनुअघि पुटिनले युरोपेली पक्षहरूको आलोचना गर्दै, उनीहरूले प्रस्तुत गरेका प्रस्तावहरू “सम्पूर्ण शान्ति प्रक्रियालाई रोक्ने” उद्देश्यका मात्र भएको आरोप लगाएका थिए । एएनआई

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here