रास्वपाले रुपन्देही-३ उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिको सूची सवा १२ बजे सार्वजनिक गर्ने

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ उपनिर्वाचनका लागि उम्मेदवारको आवेदन सार्वजनिक गर्ने भएको छ।
  • पार्टी प्रवक्ता मनिष झाले फेसबुक पेजमार्फत आवेदन दिनेहरूको सूची सार्वजनिक गर्ने जानकारी दिए।
  • रास्वपाले साउन ७ गतेदेखि २१ गतेसम्म आवेदनको समय तोकेको थियो।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवार हुन इच्छुक व्यक्तिहरूले आवेदन अहिले दिउँसो १२ बजेर १५ मिनेटमा सार्वजनिक गर्ने भएको छ ।

पार्टीको आधिकारिक फेसबुक पेजमार्फत आवेदन दिने व्यक्तिहरूको सूची सार्वजनिक गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समय सीमा तोकेको थियो । 

frontline

आवेदकहरूको सूची अहिले १२ बजेर १५ मिनेटमा पार्टीको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत सार्वजनिक हुनेछ।

#राष्ट्रिय स्वतन्त्र पार्टी #रास्वपा #उपनिर्वाचन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here