रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्न लागेको हो ।

आजको बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएका छन् । बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

frontline

उनका अनुसार बैठकमा केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल विस्तार गरिने छ ।

यस्तै, बैठकमा संविधान परिमार्जन कार्यदल संयोजक मनोनयन गरेर तत्काल काम सुरु गर्न निर्देशन दिने, आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गरेर केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने गरी मिडिया अध्ययन कार्यदल गठन गर्ने कार्यसूची तय गरिएको छ ।

बैठकबाट राजनीति अध्ययन कार्यदल पनि गठन गर्ने कार्यसूची रहेको प्रवक्ता झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here