राष्ट्रिय महिला टोलीलााई १० लाख हस्तान्तरण
साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यम बहादुर गुरुङ ९यम तमु० ले महिला राष्ट्रिय फुटबल टोलीलाई पठाएको १० लाख रुपैयाँ बुधबार खेलाडीलाई वितरण गरेको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को महिला फुटबल संघले कार्यक्रमको आयोजना गर्दै यम तमुबाट रकमसहित खेलाडीलाई सम्मान गरिएको थियो ।
साउदीमा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट आफू प्रभावित भएको जनाउँदै महिला टोलीलाई एक मुष्ट १० लाख रुपैयाँ रकम दिने घोषणा गरेका थिए ।
उनले एन्फा केन्द्रिय सदस्य समेत रहेकी महिला संघकी अध्यक्ष एवंम राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम पठाएका थिए ।
लामा र तमुकी श्रीमती उमा गुरुङले खेलाडीलाई रकम हस्तान्तरण गरेका थिए । २३ खेलाडीले जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्राप्त गरे । त्यस्तै गुरुङले टोलीका प्रशिक्षक, व्यवस्थापक र अन्य अफिसियललाई जनही २० हजार रुपैयाँ प्रदान गरेकी थिइन् ।
सोही अवसरमा तमुलाई राष्ट्रिय टोलीका खेलाडीले हस्ताक्षर गरेको जर्सी, बल र प्रशंसा पत्र उनकी श्रीमती गुरुङलाई हस्तान्तरण गरिएको थियो ।
जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समयमा फाइनल २–२ बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।
खेलाडीको तर्फबाट अमृता जेैसीले वाफ च्याम्पियनसिपमा राष्ट्रिय महिला फुटबल टोलीको प्रर्दशनबाट प्रभावित भएर हामीलाई नगदसहित सम्मान गर्नुभएको यम तमु र उनको परिवारलाई धन्यवाद दिइन् । अमृताले भनिन्, भविष्यमा राम्रो प्रदर्शन गर्दै उपाधि दिलाउनका लागि यो सम्मानले होसला मिलेको छ ।’
१५ वर्षदेखि साउदी बस्दै आएका तमुले ५ वर्षदेखि साउदीको रियादमा लालीगुरास नेपाली रेष्टुरेन्ट सन्चालन गर्दै आएका छन् । महिला टोलीले जसरी प्रतियोगिता खेल्यो त्यो स्तरीय थियो । हामी सबैले हौसला बढाउनु पर्दछ भन्ने ठान्दछु,’ रकम पठाउने क्रममा तमुले भनेका थिए ,‘म यहाँ पनि अन्य समाजिक काममा पनि संलग्न छु । महिला टोलीका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी छु । ’
कार्यक्रममा साउदी बस्दै आएका राजु सैयद नेपाली काम गर्न मात्र गर्न जान्छन् भन्ने सोचलाई महिला फुटबल खेलाडीहरुले खेल्न र जित्न सक्छन् भनेर प्रमाणित गरेकोमा धन्यवाद दिन्छौं। सैयदले यम तमु साउदीमा अप्ठेरो परेकालाई सहयोग गर्दै आएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्