राष्ट्रसंघीय आवासीय संयोजकद्वारा राहत तथा पुनस्र्थापनाका बारेमा चासो

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच पछिल्लो मनसुनी विपद्पश्चातको राहत तथा सुरुवाती पुनस्र्थापनाबारे छलफल भएको छ ।

कार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्ट र  संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच भेटवार्ता भएको हो ।

frontline

शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा भएको उक्त भेटवार्तामा कार्यकारी प्रमुख भट्टले पछिल्लो मनसुनी विपद्बाट खासगरी इलाममा भएको जनधनको क्षतिबारे जानकारी गराउँदै हाल भइरहेको राहत तथा सुरुवात पुनस्र्थापनाका पहलहरुबारे जानकारी गराए ।

त्यसक्रममा, कार्यकारी प्रमुख भट्टले भारीदेखि अति भारी वर्षाको प्रक्षेपण प्राप्त भएपश्चात जनधनको क्षति कम गर्न भएका पूर्वसूचना, पूर्वकार्य र प्रतिकार्य पहलहरुबारे पनि उल्लेख गरेका थिए ।

भट्टले बाढी प्रभावित क्षेत्रहरुमा भइरहेको काम र थप मद्दतका विषयमा भेटवार्ता भएको जानकारी दिए ।

यस्तै, उनले प्रभावित क्षेत्रमा युएनलगायत युएन एजेन्सीहरु, डब्लूएचओ, यूनिसेफ, डब्लूएफपि सबैले काम गरिरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here