राष्ट्र बैंकमा दर्जा छुट्याउनै धौ धौ

राष्ट्र बैंकमा नयाँ गभर्नर बहालीको आज १५ दिन पुगेकोे छ । डा.विश्व पौडेलले जिम्मेवारी सम्हालेको दुई हप्तामा केही हाकिम अवकाशमा गएका छन् भने केहीको बढुवा भएको छ ।

विशेषगरी दुई जना कार्यकारी निर्देशकको अवकाशसङ्गै रिक्त स्थानमा वरिष्ठताका आधारमा निर्देशकहरुको बढुवा गरिएको छ । तर,बैंकको सूचना प्रविधि विभागले वेवसाइटमा गरेको अपडेटमा वरिष्ठलाई कनिष्ठ,कार्यकारी निर्देशकलाई निर्देशक,अवकाश प्राप्तलाई वरिष्ठ कार्यकारी निर्देशक, एउटा विभागको जिम्मेवारीमा रहेकालाई अर्को विभागको जिम्मेवारीमा राखिएको देखिन्छ । 

frontline

आज दिउँसो २ बजेसम्मको रेकर्डअनुसार बैंकको १९ वटा विभागमध्ये बैंकिंग विभागमा कार्यकारी निर्देशकको नामोनिशान छैन । जबकी डा. डिल्लीराम पोखरेलले उक्त विभागको जिम्मेवारी सम्हालिसकेका छन् । अघिल्लो साता बढुवा भएका पोखरेललाई आज दिउँसोसम्म गभर्नर कार्यालयका निर्देशकको दर्जामा राखिएको छ ।

अघिल्लो साता बढुवा भएका पोखरेललाई निर्देशकमा राखिएको छ भने अस्ति बेलुकी बढुवा भएका दीर्घबहादुर रावललाई १८ नम्बरको कार्यकारी निर्देशक भनिएको छ । उनीभन्दा माथिको नम्बरमा हुनुपर्ने पोखरेललाई एक तह घटुवाको अवस्थामा राखिएको छ । पोखरेल जेठ १० गते अवकाश भएका डा. प्रकाशकुमार श्रेष्ठको स्थानमा बढुवा भएका हु 

रावल १८ गतेदेखि अवकाश भएका तुलसीप्रसाद घिमिरेको स्थानमा अस्ति बढुवा भएको तर घिमिरेलाई आजका मितिसम्म ९ नम्बरमा कार्यकारी निर्देशक तोकिएको छ । उनी सूचना प्रविधि विभागबाट सरुवा भएपछि उनको स्थानमा मुद्रा व्यवस्थापनका प्रदीप पौडेललाई लगिसकिएको छ । 

निर्देशकहरुमध्ये मुक्तिनाथ सापकोटा अघिल्लो महिना सरुवा भएर लघुवित्त पुगेका हुन् । उनलाई आजका मितिसम्म गभर्नर कार्यालयको निर्देशक भनिएको छ । डेपुटी गभर्नरमध्ये सूचना प्रविधि विभागको जिम्मेवारी निलम ढुंगाना तिम्सिनालाई दिइएको छ । उनी पनि गभर्नरको दौडमा थिइन् । कायम मुकायम गभर्नरको जिम्मेवारी रहँदा डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेका कारण पौडेलले काँग्रेसको कोटाबाट गभर्नर बन्न पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here