राजावादी बैठकमा नेताको घर घेर्नेदेखि धर्मयुद्ध घोषणा गर्नेसम्मको कुरा

‘राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोलन समिति’ को बैठकमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको घर घेराउ गर्ने कुरा उठेको छ । 

सरकारले काठमाडौँ उपत्यकाका अधिकांश ठाउँमा निषेधित क्षेत्र घोषणा गरेपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम र रणनीति तय गर्न सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा भेला भएका राजावादीहरुले अब नेताहरुको घर घेर्न पर्ने मत राखेका हुन् । 

frontline

समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका महामन्त्री राजेन्द्र गुरुङ लगायतको सहभागिता रहेको बैठकमा कतिपयले अहिलेको आन्दोलन रमाइलोको लागि मात्रै गरेकोजस्तो भएको भन्दै आक्रोश पोखेका थिए । अब आक्रमक भएर सडकमा नउत्रिए आन्दोलनको चौचित्य नहुने धेरैको भनाई रह्यो ।

‘आन्दोलनको लागि कालिकोटबाट कम्मल बोकेर, ताप्लेजुङबाट मकै भुटेर साथीहरु राजधानी आउनुभएको छ, म पनि सबै काम त्यागेर दिनहुँ खटिएको छु’, एक नेताले भनेका थिए, ‘तर अहिलेको आन्दोलन रमाइलोको लागि मात्र गरिएकोजस्तो भयो, म नेतृत्वलाई भन्न चाहन्छु, अब भ्रष्ट गणतन्त्रका भ्रष्ट नेताहरुको घरघरमा पुगेर घेराउ गर्नैपर्छ, अबको रणनीति त्यसरी बनाऔँ ।’

बैठकमा सहभागी अर्का नेताले पनि राजावादी आन्दोलनले सरकारलाई केही फरक नपरेको भन्दै आक्रमक शैलीमा अघि बढ्नुपर्नेमा जोड दिए ।

‘यो राजतन्त्र र गणतन्त्रबीचको लडाइँमात्र होइन, यो राष्ट्रियताको लडाइँ हाे, अब हामील धर्मयुद्ध घोषणा गरौँ’, उनले भने, ‘आन्दोलनलाई अघि बढाउने हो भने अब राजधानीबाट बाहिर पनि निस्कनुपर्छ, मधेशमा जाऔँ, हिमालमा जाऔँ, यहाँ सरकारले यता निषेधित, उता पनि निषेधित गरेर हामीलाई अवरोध गर्न खोज्यो, नेतृत्वले पनि विचार पुर्याउनुपर्यो, सरकारले भनेको मान्दै जाने हो भने यो आन्दोलनको के अर्थ ?’

बैठकमा सहभागी अर्का नेताले पनि प्रधानमन्त्री, मन्त्री र सांसदहरुको घर घेराउ गर्न जानुपर्ने तर्क राखे । ‘एक हप्तासम्म हामीले नेतृत्वले भनेको मान्यौँ, तर अब आन्दोलनलाई यसै गतिमा अघि लाने हो भने कुनै उपलब्धी हुँदैन, हामी उनीहरुको घर घर जानैपर्छ । बरु दिउँसो २ बजे घाम हुन्छ, चार बजे भेला भएर जाऔँ’, उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here