राजदेवी नगरपालिकाको बजेट ४८ करोड १० लाख ९६ हजार

राकेश यादव

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
gmail sharing button
sharethis sharing button

रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको १२ औ नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा भएको नगर अधिवेशनमा नगरप्रमुख भिखारी प्रसाद यादवले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ४८ करोड १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन् ।

frontline

‘जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार’ भन्ने मूल नाराको रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विकास व्यवस्थापन, दिगो बिविकास र सुशासनको प्रत्याभूति हुने गरी वातावरण सृजना गरिने लक्ष्य लिइएको हो ।

जनतालाई विकासको लाभ उपयोग गर्न सक्षम बनाई जनताका जीवनस्तरमा सुधार ल्याउने उदेश्यसहित ल्याइएको नीति तथा कार्यक्रममा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह,वित्तिय व्यवस्थापन र सुशासनतर्फ खर्च गरिने लक्ष्य लिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष यादवले प्रस्तुत नीति तथा कार्यक्रम अनुरूपको योजनाहरु पारदर्शिताका साथ सबैको सहभागितामा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

नगर अधिवेशनमा उपप्रमुख राजकुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, निर्वाचित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी राजपुर नगरपालिका, माधव नारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका, बृन्दाबन नगरपालिका, गढीमाई नगरपालिका, मौलापुर नगरपालिकाको नगर अधिवेशन समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here