रवीन्द्र मिश्रविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ मुद्दामा अभियोजन

समाचार सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध चारवटा मुद्दा दायर गरिएको छ। उनी तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थिए।
- सरकारी वकिलले मिश्रसहित ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। जसमा राज्य विरुद्धको कसुर लगायतका आरोप छन्।
- मुद्दामा ११ जना फरार प्रतिवादी रहेको बताइएको छ।
काठमाडौँ । तीनकुनेमा राजावादीको पक्षमा प्रदर्शनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ । सरकारी वकिलले मिश्रसहित ६५ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको हो ।
मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले रातोपाटीलाई बताए ।




मुद्दामा ६५ जनालाई प्रतिवादी कायम गरिएको छ । ११ जना फरार प्रतिवादी छन् ।
प्रतिक्रिया दिनुहोस्