यूरोकप र कोपा अमेरिकाको अनलाइनमा बाजी राखेको अभियोगमा ८ जना पक्राउ

श्रोत : ईन्टरनेट

काठमाडौं । यूरोकप र कोपा अमेरिकामा अनलाइनमा बाजी राखेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले गोप्य सूचनाको आधारमा इन्द्रचोक, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतमा ुअनलाइन बेटिङु भएको जानकारी पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

frontline

उनीहरूले अनलाइनबाट बेटिङ भएको रकम भने आइएमईबाट पठाउने गरेको खुलेको छ।

उनीहरूको साथबाट प्रहरीले ३४ लाख ६५ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ, ४७ वर्षीय जीवन लामा, ४६ वर्षीय सुरज टिवडेवाल, ४६ वर्षीय अशोक कुमार गुप्ता, ४५ वर्षीय गोविन्द प्रसाद आचार्य, ४९ वर्षीय राजेश कुमार अग्रवाल, ३३ वर्षीय सुचित डालमिया अग्रवाल र ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन्।

गोविन्द आचार्य भने मनि ट्रान्सफर सञ्चालक समेत हुन्।

उनीहरूलाई मुलुकी अपराध संहिता २०४७ को दफा १२५ को उपदफा ४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here