युवकको हत्या गरेर शव ओढारमा लुकाएको आरोपमा पक्राउ परेका मध्ये दुई जना कारागार चलान

२६ माघ, धनगढी । बैतडीमा युवकको हत्या गरेर शव ओढारमा लुकाएको आरोपमा पक्राउ परेका मध्ये दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अन्य दुई जना भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

बैतडीको सुुर्नया गाउँपालिका-६ का डम्बर अवस्थीको हत्या गरेर शव ओढारमा लुुकाएको आरोपमा सोही ठाउँका नवराज अवस्थी, हरिश अवस्थी, रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

frontline

मंगलबार जिल्ला अदालतमा भएको थुुनछेक बहसपछि नवराज र हरिश पुर्पक्षका लागि कारागार चलान भएका हुन् । रमाकान्त र गोपाल भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुुटेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले जानकारी दिए ।

गत मंसिर १४ गतेदेखि बेपत्ता डम्बर अवस्थीको हत्या गरेर शव ओढारमा गाडेको अवस्थामा प्रहरीले २८ पुसमा फेला पारेको थियो ।

हत्याका अभियुुक्त मध्येका हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले राप्ती नदीको किनारबाट नियन्त्रणमा लिएर बैतडी प्रहरीलाई बुुझाएपछि अवस्थी हत्या प्रकरण सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here