यी प्रशिक्षकले तयार पार्दै छन् एनपीएलका ६ टोलीलाई, दुईवटाको टुंगो लाग्दै

नेपाल प्रिमियर लिग (एनपीएल)का लागि फ्रेन्चाइज टोलीहरुले मुख्य प्रशिक्षक अनुबन्धलाई अन्तिम रूप दिँदै छन्। 

एनपीएलमा सहभागी ८ फ्रेन्चाइज टोलीले विदेशी खेलाडीसँगै उपाधि जित्ने रणनीति बनाउनका लागि उत्कृष्ट प्रशिक्षक अनुबन्धलाई तीव्र पारेका छन्। 

frontline

कति टोलीले पुरानै प्रशिक्षकलाई निरन्तरता दिएका छन् भने केहीले नयाँ घोषणा गर्दा केही टोली भने अझै प्रशिक्षक खोजिरहेका छन्।

प्रशिक्षक घोषणालाई अन्तिम रूप दिँदै गर्दा टोलीहरु मुख्य र विदेशी खेलाडीविना नै तयारीमा जुटिसकेका छन्। 

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै छ। 

तेस्रो संस्करणको एनपीएलमा कुन टोलीले कस्ता प्रशिक्षकलाई अनुबन्ध गरे र कुन टोलीले घोषणा गर्न बाँकी छ भनेर आज हामी चर्चा गर्दै छौँ 

लुम्बिनी लायन्स
साबिक विजेता लुम्बिनी लायन्सले दोस्रो सिजनमा उत्कृष्ट पुनरागमन गर्दै च्याम्पियन बनेको थियो। 

गत सिजन टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका भारतीय प्रशिक्षक टिनु योहनानलाई नै लुम्बिनीले निरन्तरता दिएको छ। 

उनको प्रशिक्षणमा नै लुम्बिनी उपाधि रक्षा गर्ने दाउमा छ। 

पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सले तेस्रो सिजनका लागि नयाँ प्रशिक्षक अनुबन्ध गरेको छ।

पोखराले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकका रुपमा भित्र्याएको हो।

श्रीलंकाका लागि तिनै फम्यार्टमा खेलिसकेका मेन्डिस एनपीएलको तयारीका लागि पोखरा पुगिसकेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here