यसरी खोसियो कांग्रेसभित्र चुनाव लड्न पाउने मेरो लोकतान्त्रिक अधिकार

‘नेपाली कांग्रेस लास र दासहरूको पार्टी होइन।’

विशेष महाधिवेशनमा गगन थापाले भनेको यो वाक्यले कांग्रेस भित्रकाहरूको मन त तान्यो नै, कांग्रेस बाहिरकाहरूलाई पनि आकर्षित गर्‍यो। म व्यक्तिगत रूपमा नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट २२ वर्षको उमेरमा क्रियाशील सदस्य बनेको थिएँ। नेपाल विद्यार्थी सङ्घमा विभिन्न एकाइको सभापतिलगायत पदमा काम गरेर केन्द्रीय सदस्यसमेत भइसकेको थिएँ।

frontline

आफू महाधिवेशन प्रतिनिधि नभएकाले उक्त विशेष महाधिवेशनमा जाने वा नजाने कुराले खासै अर्थ नराख्ने भएकाले म सहभागी भने भएको थिइनँ, तर मन कतै न कतै उक्त भेलाकै समर्थनमा थियो। गगन थापाको उक्त भाषणपछि उहाँप्रति सम्मान झनै बढेको थियो। पुराना ‘बुढा’ नेताहरूलाई गरिएको व्यवहारप्रति थोरै चित्त नदुखेको भने होइन। किनकि, पुराना भनिएका कतिपय नेताहरूलाई नखाएको विष लगाइएको थियो।

कयौँ पटक सांसद भएका शशांक कोइरालाहरू कहिल्यै मन्त्री भएनन्, तर पनि उनीहरूलाई ‘अपराधी’ करार गरियो; किनभने उनीहरू शेरबहादुर देउवाको साथमा उभिए। तर मन्त्री भइसकेका गगनहरू भने त्यस दोषबाट उम्किन सफल भए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here