यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु
१६ कात्तिक, काठमाण्डौ : नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।
हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहारको पहिलो दिन आज बेलुका यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार भने भोलि परेको छ । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका अनुसार बेलुका यमदीपदान सुरु हुन्छ ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
भोलि बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।
सवा ७ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा पनि भोलि नै गर्नु पर्नेछ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्